पार्टी अध्यक्ष ओलीको ६ बुँदे प्रस्तावप्रति खनाल-नेपाल समूहकाे विमति
नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे प्रस्तावमा विमति जनाएकाे छ ।
साे समूहको स्थायी कमिटीकाे बैठकले ६ बुँदे प्रस्तावबाट नै जवाफ दिने तयारी गरेको छ ।
आइतबार ओलीले पार्टी एकताको आह्वान गर्दै ६ बुँदे प्रस्ताव अघि सारेपछि साेबारे धारणा बनाउन नेपाल समूहकाे स्थायी कमिटीकाे बैठक भर्चुअल माध्यमबाट बसेकाे थियाे ।
बैठकपछि नेताहरूले अध्यक्षका प्रस्तावमा लिखित जवाफ दिने भएको हो । ओलीले आइतबार साँझ जारी गरेको प्रस्तावमा आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार भएको उल्लेख थियाे ।
खनाल–नेपाल समूहले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दायर गरेको रिटको हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त मान्य नहुने, २०७५ जेठ २ काे अवस्थामा पार्टी र सबै संगठनका कमिटी क्रियाशील हुनुपर्ने, नेताहरूमाथिकाे कार्वाही फिर्ता लगायतका माग माधवकुमार नेपाल समूहले राखेकाे छ ।
प्रतिनिधिसभा विघटन फिर्ता लिइ माफी माग्नुपर्ने माग पनि साे समूहकाे रहेकाे छ ।

