एमाले विवादःअध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भेटवार्ता भएको छ । लामाे समयदेखि पार्टीमा देखिएकाे विवाद समाधानकाे प्रयास स्वरूप दुइ नेतावीच भेटवार्ता भएकाे हाे ।

विवाद समाधानका लागि गठित कार्यदल सहमति नजिक पुगेपछि ओली र नेपालबीच बुधबार साँझ वार्ता सुरु भएको कार्यदलका एक नेताले जानकारी दिनुभयाे ।

कार्यदलमा मोटामोटी सहमति भएपछि त्यसबारे थप छलफल र आपसी विश्वासका लागि ओली र नेपालबीच भेटवार्ता भएको ती नेताकाे भनाइ छ । एमालेमा सरकार र पार्टी सञ्चालनकाे बिषयमा लामाे समयदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद देखिएकाेछ ।

०७५ जेठ २ गतेको अवस्थामा पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई क्रियाशील बनाउने, प्रतिनिधिसभा विघटन र अदालतमा परेको मुद्दा, केन्द्रीय कमिटी र पार्टी प्रवेश गरेका अन्य दलका नेता कार्यक्रर्ताकाे ब्यवस्थापन मिलाउने विषयमा कार्यदलमा माेटामाेटी सहमति बनेकाे बताइएकाे छ ।

कार्यदलमा ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, ज्ञवाली र विष्णु रिमाल छन् । नेपाल पक्षबाट भीम रावलसहित सुरेन्द्र पाण्डे, विष्ट, घनश्याम भुसाल र रघुजी पन्त छन् ।

Facebook Comments