ठूला आयोजनामा सहयोग गर्न विश्व बैंक नेपाल निर्देशकसँग गण्डकीका मुख्यमन्त्रीको आग्रह


गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसबीच मुख्यमन्त्री कार्यालयमा सोमबार औपचारिक भेटघाट भएको छ ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले प्रदेशको गरिबी, बेरोजगारी र असमानताको अन्त्यका लागि विश्व बैंक सहयात्री बन्ने विश्वास व्यक्त गर्नुभयाे ।
उहाँले विश्व बैकले नेपालको समग्र विकासमा पु¥याउँदै आएको सहयोगप्रति पटक आभार व्यक्त गर्दै आगामी दिनमा अझ धेरै सहयोग हासिल हुने अपेक्षा समेत व्यक्त गर्नुभयाे ।

विश्व बैंक र गण्डकी प्रदेशका बीचमा आगामी दिनमा महत्वपूर्ण सहकार्य हुने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पाेखरेलले गरिबीको अन्त्य र साझा समृद्धिका लागि क्रियाशील विश्व बैंककाे सहयाेग महत्वपूर्ण रहेकाे उल्लेख गर्नुभयाे।

मुुख्यमन्त्री पोखरेलका अनुसार प्रदेशका निर्धारित लक्ष्य हासिल गर्न जम्मा १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने समेत उहाँकाे भनाइ थियाे ।

विश्व बैंकका नेपालका लागि राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले नेपालको संघीयता सुदृढीकरणका लागि विश्व बैंक सदा अग्रसर रहेको बताउनुभयाे । विकासका लागि कनेक्टिभिटीलाई आफूहरुले प्राथमिकतामा राखेर सहयोग गर्दै आएको भन्दै जर्भाेसले मुस्ताङ लगायत जिल्लामा उत्पादित अर्गानिक सामग्रीको ब्रान्डिङ र बजारीकरणमा लगानी गर्न तयार रहेको बताउनुभयाे ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अवलोकन गरेको हादादको टोलीले उक्त अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे सन्तुष्टि व्यक्त गरेकाे थियाे । कोभिड १९ को सम्भावित तेस्रो लहरको तयारीमा उक्त अस्पतालमा काम गरिरहेको छ ।

उक्त भेटघाटमा विश्व बैंक र एसियाली विकास बैंकका प्रतिनिधि, प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मी, प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल सहभागिता रहेकाे थियाे ।

Facebook Comments