एक दिवसीय खेलमा नेपाल विजयी

पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाली टाेली विजेता बनेका छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो।

पिएनजीले दिएको १३५ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३९.३ ओभरमा पूरा गर्दै विजयी बनेकाे हाे । नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि  पिएनजीसँग एकदिवसीय खेल खेलेको हो।

नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज पनि खेल्दैछ। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ ।

Facebook Comments