वाईसीएल संयोजकमा सुमन देवकोटा चयन

 माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजकमा सुमन देवकोटा चयन हुनुभएकाे छ । वाईसीएलको मंगलबार बसेको पहिलो पूर्ण बैठकले संयोजकमा देवकोटा र सहसंयोजकमा सुबोध सेर्पालीलाई सर्वसम्मत चयन गरेको हाे ।

वाईसीएलको भदौ १२-१५ गतेसम्म चलेको राष्ट्रिय भेलाले संयोजक छान्न नसकेपछि पदाधिकारी केन्द्रीय समितिले चयन गर्ने गरी भेला सकिएकाे थियाे । त्यतिबेला भेलाले २ सय ३१ केन्द्रीय समिति चयन गरेर सकिएको थियो । सहसंयोजकमा सुवाेध शेर्पाली चयन हुनुभएकाे छ ।

Facebook Comments