ईपीएलको फाईनलमा पोखरा राइनोज र चितवन टाईगर्स भिड्ने

पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा पोखरा राइनोज र चितवन टाईगर्सकाे भेट पक्का भएकाे छ ।

बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको हाे ।

याेसँगै पहिलो पटक ईपीएलको फाईनलमा पुगेकाे पाेखरा राइनाेजकाे भेट हुने भएकाे छ । ईपीएल २०२१ को उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुँदैछ ।

पहिलो क्वालिफायरमा पोखरालाई नै हराएकाे चितवन फाईनल पुगिसकेको छ । भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै पूरा गरेकाे हाे ।

Facebook Comments