संवैधानिक परिषद् बैठकमा देउवा नजाने, अन्य सदस्यलाई समेत नजान आग्रह
प्रधानमन्त्री केपी शर्मा अाेलीले बाेलाउनुभएकाे संवैधानिक परिषद्काे बैठकमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा आफू सहभागी नहुने भन्दै परिषद्का अन्य सदस्यहरूलाइ पनि सहभागी नहुन आग्रह गर्नुभएकाे छ ।
देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारले संविधान विपरीत संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेकाले उक्त बैठकमा सहभागी नहुने स्पष्ट गर्नुभएकाे हाे ।
उहाँले अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको र यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ समेत उल्लेख गर्नुभएकाे छ ।
सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी सहित सातवटा अध्यादेश जारी गरेको पाँचौं दिन आइतबारका लागि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बाेलाउनुभएकाे थियाे ।
बैठकमा सभामुख समेत सहभागी नहुँने सचिवालयले जानकारी दिएकाे छ ।
गत मंसिर ३० गते जारी गरिएकामा झैं यस पटकको अध्यादेशमा पनि संवैधानिक परिषद्को अध्यक्ष र तत्काल बहाल सदस्यहरूको बहुमत भए गणपूरक संख्या मानिने व्यवस्था छ ।
यसबाट प्रधानमन्त्रीसहित अरू दुई सदस्य उपस्थित भए संवैधानिक परिषद्को बैठक बस्न सक्नेछ । सर्वसम्मतिमा निर्णय हुन नसके प्रधानमन्त्रीसहित तत्काल बहाल सदस्यहरूको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।


