अध्यादेश मार्फत् आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिकः नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यादेश मार्फत् संवैधानिक आयोगहरूमा पदपूर्ति गर्नु अलाेकतान्त्रिक कार्य हुने बताउनुभएकाे छ ।

सामाजिक सञ्जालमा आफ्नाे धारणा सार्वजनिक गर्दै नेता नेपालले कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हुने बताउनुभएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संवैधानिक परिषद्काे बैठक बाेलाउनुभएकाे छ । यसअघि पनि अध्यादेशकै बलमा प्रधानमन्त्री ओलीले संवैधानिक आयोगहरूमा आफू निकटका व्यक्तिहरू नियुक्त गर्नुभएकाे छ । उनीहरूकाे नियुक्तिका लागि संसदीय सुनुवाइ समेत छलिएकाे थियाे ।

नेपालले भन्नुभएकाे छ, ‘मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।’

Facebook Comments