मन्त्रिपरिषद्काे आकस्मिक बैठक बस्दै

मन्त्रीपरिषद्काे आकस्मिक बैठक शनिबार बस्न लागेकाे छ । प्रधानमन्त्रीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको तर बैठकका एजेन्डाबारे कुनै जानकारी नदिइएको एक मन्त्रीकाे भनाइ छ ।

बैठकको समय र स्थानबारे मात्रै आफूहरूकहाँ सूचना मन्त्रीहरूलाइ पठाइएकाे छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ ।

दुई दिनअघि मात्रै पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । स्वास्थ्य मन्त्रालय श्राेतका अनुसार वीर अस्पताललाइ मन्त्रालयले सञ्चालन गर्ने सम्बन्धि प्रस्ताव मन्त्री परिषद् मा पुगेकाे छ । साे बारे पनि केही निर्णय हुने सक्ने श्राेतले बताएकाे छ ।

Facebook Comments