सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासकाे मत प्राप्त
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त भएकाे छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा भट्टले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिएका थिए ।
प्रदेशसभामा विश्वासकाे मत हाँसिल हुन २७ मत चाहिनेमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले भट्टलाई साथ दिएका हुन् ।
एमालेकै ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदानत गरेका थिए भने काँग्रेस तटस्थ बसेकाे थियाे ।
विश्वासकाे मत प्राप्त भएपछि मुख्यमन्त्री भट्टले काँग्रेसलाई पनि सरकारमा सहभागी गराउनका लागि पहल गर्ने बताउनुभएकाे छ ।
Facebook Comments

