संसद पुनर्स्थापना हुने प्रचण्डकाे विश्वास
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गर्नुभएकाे छ ।
मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संविधान अनुसार विघटन नभएकाले संसद पुनर्स्थापना हुने जिकीर गर्नुभएकाे हाे ।
संविधान अनुसार संसद विघटन नभएकाे र संविधान अनुसार नै अदालतले पनि पुनर्स्थापनाकाे फैसला गर्ने विश्वास प्रचण्डकाे थियाे ।
Facebook Comments

