१० बुँदेकाे उपयाेग गर्नुपर्छः अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिलाई उपयाेग गर्दै नेकपा एकीकृत समाजवादीमा लागेकालाई एमालेमा ल्याउनुपर्ने बताउनुभएकाे छ ।
एमालेबाट समाजवादीमा लागेकाे नेताहरूलाई ‘कुहिएको फर्सी’को संज्ञा दिदैं अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई उपयाेग गर्दै भ्रममा रहेकालाई समेट्नुपर्ने बताउनुभएकाे हाे ।
१० बुँदे श्राद्धमा बिरालाे बाँधेजस्ताे कार्यान्वयन नहुने भन्दै उहाँले यसकाे उपयाेग भने गर्नुपर्ने बताउनुभयाे । एमाले धेरै अगाडि बढिसकेकाले जेठ जेठ २ भन्ने अवस्था नरहेकाे पनि अध्यक्ष ओलीकाे भनाइ छ ।
माधव नेपालले राजनीतिक नभइ व्यक्तिगत सम्मान पुगेन र अपमान भयो भन्ने गरेकाले अब माधव नेपालले एमाले छाडेर एकीकृत समाजवादी पार्टी बनाएपछि एमाले अब राम्ररी अघि बढ्ने ओलीले दाबी छ ।
एमाले कास्कीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालकाे अालाेचनामै अधिकांश समय विताउनुभयाे भने साविक नेकपाबाट प्रचण्ड गुट अलग्गिएकाे र नेकपाकाे प्रतिनिधत्व अहिले एमालेले गरिरहेकाे जिकीर गर्नुभयाे ।

