एमसीसी विवादः नेकपाद्वारा विराेधका कार्यक्रम घाेषणा
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
देशव्यापी संघर्षको कार्यक्रमअन्तरगत बुधबार देशैभर कोणसभा गर्ने कार्यक्रम रहेको छ । साताव्यापी घोषणा भएको कार्यक्रममा भदौ २८ गते काठमाडौँमा बृहत् जनसभा गरिने नेकपा केन्द्रीय कार्यालय श्राेतले जनाएको छ ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ ।
नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न खाेजेकाे भन्दै नेकपाले विराेधका कार्यक्रम घाेषणा गरेकाे हाे ।
Facebook Comments

