चेस खेलमा ७ खेलाडीको अग्रता

नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व. राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सोमबारबाट शुरु भयो । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा एक समारोहबीच राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबि उप्रेतिले चेस गोटी चालेर प्रतियोगिताको उदघाटन गर्नुभयो ।

मंगलबार दोश्रो र तेश्रो चरणका खेलहरु सम्पन्न भए । तेश्रो चरणको समाप्ति पश्चात ७ जना खेलाडीहरु संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् ।

जसमा एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापा, फिडेमास्टर रुपेश जैसबाल, क्षितिज भण्डारी, पूर्वनेपाल च्याम्पियन नविन तण्डुकार, काठमाण्डौका प्रेमकृष्ण महर्जन, ललितपुरका सजिन महर्जन, भक्तपुरका निकेन कुसाथा र दमकका राजन सुवेदि रहेका छन् । उनीहरुले समान ३ अंक जोडेका छन् ।

ललितपुर स्पोर्टस् क्लबद्धारा आयोजित प्रतियोगितामा स्वीस लिग अनुसार ९ चरणका खेलहरु हुनेछ । जसमा विजेताले ५० हजार, दोश्राले ३० हजार, तेश्राले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने ३३ जनाले कुल ३ लाख १० हजार नगद पुरस्कार पाउने छन् ।
भोलि बिहान ८ः०० बजे चौथौं र दिउँसो १ः०० बजे पाँचौं चरणका खेलहरु हुनेछन् ।

Facebook Comments