लगानी बोर्डका १० बर्षःआर्थिक समृद्धिका लागि साझेदारीमा जाेड
लगानी बोर्डले औँ बार्षिकाेत्सव मनाएकाे छ । बार्षिकाेत्सव समाराेहका अवसरमा अबकाे पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको बाेर्डले जनाएकाे छ ।
बार्षिकाेत्सवका अवसरमा रणानीतिक याेजना सार्वजनिक गर्दै बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ ।
बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले साे अवसरमा सम्बाेधन गर्दै दिगो विकास लक्ष्य हासिल गर्न कूल वार्षिक औसत रु पाँच खर्ब ५८ अर्ब अपुग हुने तर कोरोनाका कारण विभिन्न देश आफैँ लगानी भित्र्याउने प्रयास कठिन रहेकाे बताउनुभयाे ।

उहाँले रोजगारी सिर्जना गर्न सहयोग गर्ने र प्रभावकारी लगानी प्रवर्द्धनका लागि वातावरण निर्माणमा बाेर्ड सफल हुने विश्वास व्यक्त गर्नुभयाे ।
वि.सं. २०७८ मा स्थापना भएको बोर्डले “लगानी बोर्डको १० वर्ष : आर्थिक समृद्धिका लागि साझेदारी’ भन्ने नारा तय गरी वार्षिकोत्सव मनाएको हाे । कार्यक्रममा बाेर्डका उपाध्यक्ष जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।

