मन्त्री परिषद् विस्तारसँगै सपथ ग्रहण सम्पन्न

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री परिषद् विस्तार गर्नुभएकाे छ । देउवाकाे नेतृत्वमा गत असार २९ गते गठित  मन्त्रिपरिषद्‍मा मन्त्रीहरुको नियुक्ति,  जिम्मेवारी हेरफेर र कार्यविभाजन हेरफेर गरिएकाे हाे ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी छन् भने केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री  रहनुभएकाे छ ।

त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएकाे छ ।

त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त हुनुभएकाे छ ।

मन्त्रिपरिषद विस्तार गर्दा यसअघि  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नुभएकाे छ ।

उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी राज्यमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री  र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री  नियुक्त हुनुभएकाे छ ।

यसैवीच मन्त्रिपरिषदमा नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । शुक्रबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित कार्यक्रममा मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले र राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराउनुभएकाे हाे । मन्त्रीहरूले पदभार समेत ग्रहण गरेका छन् ।

Facebook Comments