वाग्मतीमा मुख्यमन्त्री पाण्डे पक्षमा विश्वासको मत प्राप्त

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकाे पक्षमा विश्वासकाे मत हाँसिल भएकाे छ ।

सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राख्नुभएकाे प्रस्तावको पक्षमा ५९ मत परेको हाे । वागमती प्रदेशसभामा १०९ जना सदस्य रहेकामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक पर्नेमा पाण्डेकाे पक्षमा ५९ परेकाे हाे ।

सभामुख सानकुमार श्रेष्ठले मुख्यमन्त्री पाण्डेले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत प्राप्त भएकाे बताउनुभयाे । सोमबार प्रदेशसभामा १०४ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।

Facebook Comments