गण्डकीमा नयाँ सरकार गठनका लागि ३ दिनकाे समय
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएकाे छ ।
आइतबार मुख्यमन्त्री गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को २ अनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभाका दलहरुलाई आह्वान गर्नुभएकाे हाे ।
उहाँले ३ दिनभित्र सरकार गठनका लागि आह्वान गर्नुभएकाे हाे । गण्डकी प्रदेशमा कुनै पनि दलकाे बहुमत नभएकाले धारा १६८ को २ अनुसार नयाँ सरकार गठन गर्नुपर्ने हुन्छ ।
यसरी सरकार गठन हुन नसकेमा ठूलाे दलकाे हैसियतमा एमालेकाे नेतृत्वमा सरकार बन्छ तर त्यस्ताे सरकारले पनि १ महिनाभित्र विश्वासकाे मत लिनुपर्ने हुन्छ ।

Facebook Comments

