जसपा सांसदलाई प्रधानमन्त्रीकाे विपक्षमा मतदान गर्न छुट
जनता समाजवादी पार्टी (जसपा)ले भोलि सोमबार प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ । साथै सांसदहरूले स्वेच्छाले विपक्षमा मतदान गर्न भने पाउनेछन् ।
पार्टीले ह्वीप जारी नगर्ने जसपा श्राेतले जानकारी दिएकाे छ । यसअघि सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेमा जसपामा विवाद रहेकाे थियाे ।
महन्थ ठाकुर र राजेन्द्र महताे लगायत पूर्व राजपा पक्षधर नेताहरू वर्तमान केपी शर्मा अाेली नेतृत्वकाे सरकारप्रति नरम थिए भने डा.बाबुराम भट्टराइ र उपेन्द्र यादव लगायतका नेताहरू वर्तमान सरकारकाे बहिर्गमनकाे पक्षमा थिए ।
Facebook Comments

