संसद विघटन मुद्दामा विपक्षीका नाममा देखाउ आदेश, असार ९ पछि सुनुवाइ निरन्तर
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धीको मुद्दामा राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाउ आदेश जारी गरेको छ ।
बुधबार बसेको संवैधानिक इजलासले विघटनसम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । त्यस्तै, यी मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ हुने पनि इजलासले निर्णय गरेको छ ।
रिट निवेदकले प्रधानमन्त्री र राष्ट्रपतिले गैरसंवैधानिक तरिकाले काम गरेकाे भन्दै अन्तरिम आदेश माग गरेका थिए ।
इजलासमा बहस गरेका निवेदक पक्षका वकिलहरूले राष्ट्रपतिले बहुमतकाे परीक्षणका लागि संसदमा पठाउनुपर्ने भएपनि त्यसाे नभएकाले असंवैधानिक हुने लगायतका तर्क गरेका थिए ।
Facebook Comments

