५ हजार ७६८ काेराेना संक्रमणमुक्त

पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार देशका विभिन्न स्थानमा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी, ४ हजार ५ सय ६६ एन्टिजेन परीक्षणमा ८ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हाल मुलुकमा सक्रिय संक्रमित ८० हजार ३ सय ३६ रहेका छन् भने याे अवधिमा ५ हजार ७ सय ६८ कोरोना संक्रमणमुक्त भएका छन् ।

अवधिमा थप ८१ जनाकाे कोरोना संक्रमणका कारण निधन भएकाे छ ।

Facebook Comments