एमाले विवादः कार्यदलमा सहमति नजिक
नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा रहेका नेताहरूले सहमति नजिक पुगेकाे बताएका छन् ।
शुक्रबार नै सहमतिलाई अन्तिम रूप दिने प्रयास भएपनि अन्तिममा शनिबार पुनः बैठक बस्ने गरी स्थगित भएकाे कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिनुभयाे ।
एमालेमा गतसाल फागुनदेखि विवाद भएकाेमा जेठकाे २ गते विवाद समाधानका लागि भन्दै कार्यदल गठन गरिएकाे थियाे । पछि कार्यदलमा रहेका नेताहरू नै कार्वाहीमा परेपछि विवाद समाधानकाे लागि अनाैपचारिक पहल भएकाे थियाे ।
Facebook Comments

