कांग्रेसमा महाधिवेशनः सभापतिमा आधा दर्जन बढी आकांक्षी

नेपाली कांग्रेसकाे आउँदो महाधिवेशनमा सभापति पदका लागि संस्थापन तथा विपक्षी समूहबाट समेत गरी आधा दर्जन बढी आकांक्षी देखिएका छन् । संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउने प्रयास स्वरूप देउवा इतर समूहका सभापतिका आकांक्षी नेताहरुको बैठक भएकाे छ ।

शुक्रबार भएकाे बैठकमा सभापति देउवा इतर समूहका सभापतिको एउटै उम्मेद्वार बनाउने पहल गर्ने भनिएपनि कुनै टुंगाे भने लागेन । नेताहरूवीच छलफल जारी राख्ने सहमति भने भएकाे छ ।

छलफलमा सभापतिको दाबी गरिरहेका आठजना नेताहरु अर्जुननरसिंह केसीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, डा. शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर राई सहभागी भएका थिए।

यसपटक देउवाको हातबाट जसरी पनि कांग्रेसको नेतृत्व फुत्काउनु पर्नेमा ती नेताहरूकाे जाेड थियाे । देउवा पक्षका विमलेन्द्र निधिले पनि सभापति उठ्ने घाेषणा गर्नुभएकाे छ भने देउवाले पनि सभापतिमा पुनः उम्मेदवारी दिने निश्चित जस्तै छ ।

Facebook Comments