नेपालमा थप ७६० जनामा काेराेना संक्रमण
नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थय तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार शनिबार सात सय ६० जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १२ हजार ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएकाे मन्त्रालयले जनाएकाे छ ।
६ हजार एक सय ६८ जनाको पिसिआर परीक्षण र ५ हजार ८ सय ६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
नेपालमा हाल १५ हजार ३४० जना सक्रिय संक्रमित छन्। हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार २ सय २१ पुगेकाे छ । शनिबार मात्रै ११ जनाकाे मृत्यु भएकाे पनि मन्त्रालयले उल्लेख गरेकाे छ ।
Facebook Comments

