प्रधानमन्त्री संघीयता र संसदीय व्यवस्था बिराेधीः देउवा
काँग्रेसका सभापति एवं संसदमा विपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट भएका कार्यहरु संघीयता र संसदीय व्यवस्था विरुद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीबाट संविधान भन्दा माथि रहेको हुँ भन्ने जस्ता व्यवहार भएको देउवाको आरोप रहेको छ ।
संसद विघटन, संवैधानिक परिषद् सम्बन्धि अध्यादेश र अन्य विभिन्न अध्यादेश ल्याएर सरकारले संविधान विपरीत कार्य गरेको बताउनुभयो ।
शक्ति आफूमा केन्द्रीकरण गर्ने र गैरसंवैधानिक कार्य गर्नमा सरकार लागेको उहाँको भनाई रहेको छ ।
संसद अपहरण, दल विभाजनको अध्यादेश, प्रदेशहरुमा गरिएका असंवैधानिक हर्कतहरुको सम्पूर्ण रुपमा जिम्मेदवार प्रधानमन्त्री नै रहेको देउवाको ठहर रहेको छ ।
भाषणबाजी गर्ने तर काम उल्टो गर्ने र दोष अरुमाथि थोपरेर आफ्नो जिम्मेवारीबाट भाग्ने काम प्रधानमन्त्रीबाट हुने गरेको पनि देउवाले उल्लेख गर्नुभयो ।
Facebook Comments

