प्रधानमन्त्रीलाई राजीनामा दिन प्रचण्डकाे सुझाव
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा राजीनामा दिएर अर्को सरकार गठनको बाटो खोल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिनुभएकाे छ ।
विश्वासकाे मत प्राप्त नहुने निश्चित रहेकाे र उक्त कुरा प्रधानमन्त्रीलाई समेत थाहा भएकाले राजीनामा दिएर वैकल्पिक सरकार गठनकाे बाटाे खाेलिदिनु नै सर्वाधिक लाेकतान्त्रिक हुने प्रचण्डकाे छ ।
प्रधानमन्त्रीले पार्टी एकता भएकै दिनबाट षडयन्त्र गर्न शुरू गरेकाे बताउँदै प्रचण्डले विश्वासकाे मत लिने कार्यलाई पनि नागरिकले कतै अर्काे केही षडयन्त्रका लागि त हाेइन भनेर प्रश्न गरेकाे बताउनुभयाे ।
Facebook Comments

