जसपाले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने

जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा लाई विश्वासकाे मत दिन नसक्ने बताएकाे छ । संसद बैठकमा बाेल्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले विश्वासकाे मत मागेपनि जसपा त्यसकाे पक्ष र विपक्षमा नलाग्ने बताउनुभयाे ।

ठाकुरले तटस्थ बस्ने भने पनि अर्का नेता उपेन्द्र यादवले भने प्रधानमन्त्रीकाे विपक्षमा अभिव्यक्ति दिनुभएकाे छ। उहाँले प्रधानमन्त्रीकाे कडा विराेध गर्नुभएकाे छ ।

Facebook Comments