बहुमतीय सरकार गठनकाे प्रक्रिया शुरू गर्न ३ दलकाे माग

विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति समक्ष बहुमतकाे सरकार गठन गर्नका लागि आग्रह गरेका हुन् ।

वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रस्ताव प्रतिनिधि सभाबाट अस्वीकृत भएकाले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनको प्रक्रिया सुरु गर्न भनिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासकाे मत लिने प्रस्ताव संसदबाट अस्वीकृत भएकाे थियाे ।

Facebook Comments