मन्त्रीमण्डल विस्तार हुँदै, कास्कीका खगराज गृहमन्त्री बन्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तारकाे तयारी गर्नुभएकाे छ ।
खाली रहेका मन्त्रालयहरूमा प्रधानमन्त्री ओलीले बिहीबार सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लाग्नुभएकाे बालुवाटार स्राेतले जनाएकाे छ ।
स्रोतका अनुसार गृह मन्त्रीमा कास्कीका खगराज अधिकारी नियुक्त हुने पक्का भएकाे छ । त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने बताइएकाे छ ।
Facebook Comments

