गण्डकीका मन्त्री सम्पर्कविहीन, प्रहरी खाेजतलासका लागि निवासमा
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन बनेपछि प्रहरीले खाेजी गरिरहेकाे छ ।
वहालवाला मन्त्री सम्पर्कविहीन भएपछि प्रहरीले खाेजतलास गर्दै बुद्धचाेकस्थित निवास र काजीपाेखरीकाे बहिनीकाे घरमा प्रहरी पुगेकाे हाे ।
मनाङेले प्रयाेग गर्ने मोबाइल स्वीच अफ छ । त्यसाे त मनाङे यसअघि पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ विरूद्धकाे अविश्वासकाे प्रस्तावमाथि मतदान हुने दिनमा नाटकीय रूपमा सम्पर्कविहीन हुनुभएकाे थियाे ।
गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ । मनाङेले विपक्षी गठबन्धनलाई साथ दिएर प्रदेश सभा विघटन हुन नदिने बताए लगत्तै सम्पर्कविहीन हुनुभएपछि प्रहरीले अहिले पनि खाेजी गरिरहेकाे छ ।
Facebook Comments

