मन्त्रिपरिषद्ले पायाे पूर्णता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे छ । सत्तारुढ नेकपा एमालेबाट उपप्रधानमन्त्री २ सहित १० मन्त्री र एक राज्यमन्त्री, समाजवादी पार्टीबाट उपप्रधानमन्त्री १ सहित ८ मन्त्री र २ राज्यमन्त्री नियुक्ति गर्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएकाे हाे ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री रहेका छन् । रक्षा मन्त्रालय प्रधानमन्त्री स्वयंले राख्नुभएकाे छ । प्रधानमन्त्री ओलीले आफू निकट रहेका कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गर्नुभएकाे छ ।

पछिल्लाे समय सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि अधिकारीले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग भन्दै पार्टी बैठकमा नै व्यंग्य गर्नुभएकाे थियाे ।

विस्तारित मन्त्रिपरिषद्मा रामबहादुर थापा ‘बादल’की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्नुभएकाे छ ।

Facebook Comments