नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण सम्पन्न
विहीबार नियुक्त भएका सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन्। राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह नवनियुक्त मन्त्रीहरूलाई सपथ खुवाउनुभएकाे हाे ।
नेकपा एमाले र जसपाका गरी सात मन्त्री र एक राज्यमन्त्रीलाई आज सपथ खुवाइएको हो। आज प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्री तथा जसपाबाट १ जना थपेर मन्त्रिपरिषद्लाइ पूर्णता दिनुभएकाे थियाे ।
Facebook Comments

