गठबन्धनका दलले धाेका पाउँछन्ः पृथ्बीसुब्बा गुरुङ

गण्डकी प्रदेश सभाकाे विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री गुरुङले सत्ता गठबन्धनका दलवीच धाेकाधडी सुरु भएकाे बताउनुभएकाे छ । सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् ।

यसअघि विश्वासकाे मत लिए लगत्तै एउटा दलले धाेका पाएकाे र अब बजेट पास भएपछि अरू दलले पनि धाेका पाउने गुरुङकाे भनाइ छ ।

साथै उहाँले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेर भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाउनुभएकाे छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा निवर्तमान मुख्यमन्त्री गुरुङले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोपको भने खण्डन गर्नुभयाे ।

आफ्नो नेतृत्वले सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको उहाँकाे दाबी थियाे । यसअघि जस्तै गुरुङले विगतमा सुरू गरेका राम्रा कामकाे निरन्तरताकाे माग गर्नुभयाे ।

Facebook Comments