आर्थिक अवस्थाबारे श्वेतपत्र जारी, सरकारले प्रतिस्थापन विधेयक मार्फत् बजेट ल्याउने
सरकारले देशको वर्तमान आर्थिक अवस्थाकाे बारेमा श्वेतपत्र जारी गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार प्रतिनिधिसभाको बैठकमा ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’ प्रस्तुत गर्नुभएकाे हाे । श्वेतपत्रमा चालु आथिक वर्ष २०७७/७८का लागि पूर्ण बजेट ल्याउने उल्लेख छ ।
मन्त्री शर्माले गत जेठ १५मा अध्यादेशमार्फत केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न संसदमा विधेयक प्रस्तुत गर्ने घोषणा गर्नुभयाे ।
असंवैधानिक रुपमा प्रतिनिधि सभा दोस्रो पटक समेत भंग गरेर सरकार कामचलाउ अवस्थामा परिणत भइसकेपछि समेत संवैधानिक व्यवस्था र लोकतन्त्रको स्थापित मान्यता विपरित अध्यादेशमार्फत् बजेट घोषणा गरिएको श्वेतपत्रमा उल्लेख छ ।
अध्यादेशको माध्यमबाट राजश्व र व्ययको अनुमानलाई कानुनी स्वरुप दिइनु तथा कामचलाउ सरकारले अनिवार्य सरकारी खर्चको लागि मात्र व्ययको व्यवस्था गर्नुपर्नेमा दीर्घकालीन महत्त्व र प्रभाव राख्ने प्रकृतिका नीति तथा वाषिर्क कार्यक्रमहरुको उद्घोष गर्नु वाञ्छित कुरा नहुने शर्माले बताउनुभयाे ।
सरकारले छिट्टै माैद्रिक नीति पनि ल्याउँदैछ ।

