आफ्ना सांसदहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्रीसमक्ष ओलीकाे विन्ति !
एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नाे पार्टीका सांसदहरू मन्त्री बन्न हिरिक्क गरेकाे भन्दै मन्त्री बनाइदिन प्रधानमन्त्री समक्ष विन्ति गर्नुभएकाे छ ।
संसद बैठकमा पार्टीका अर्काे पक्षका सांसदहरूलाई व्यंग्य गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएकाे हाे । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका सांसद मन्त्री पदका लागि कुदेको कुद्यै गरेकाे बताउनुभएकाे हाे ।
ओलीले प्रधानमन्त्री देउवालाई एमसिसि के हुन्छ अनि लिपुलेक लिम्पियाधुरा फिर्ता ल्याउनेबारे किन माैन भनी प्रश्न समेत गर्नुभयाे । अ र्काे पटक फेरि निर्वाचित भएर सरकार बनाउने र मूल ढाेकाबाट संसदमा छिर्ने उहाँकाे कथन थियाे ।
Facebook Comments

