निर्वाचन आयोगद्वारा जसपाकाे पछिल्लाे विवरण अध्यावधिक
निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को पछिल्लाे विवरण अध्यावधिक गरेकाे छ ।
पछिल्लाे विवरण अनुसार जसपाकाे पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई रहनुभएकाे छ । त्यस्तै कार्यकारिणी समितिको अध्यक्ष उपेन्द्र यादवको नाम दोस्रो वरियतामा छ । तेस्रो वरियतामा वरिष्ठ नेता अशोककुमार राई छन् । चौथोमा राजेन्द्रप्रसाद श्रेष्ठलाई राखिएको छ ।
त्यसपछि भने वर्णानुक्रमअनुसार विवरण राखिएकाे छ ।


Facebook Comments

