गण्डकीमा जनमोर्चाका एक सांसदका कारण विपक्षीलाई सरकार गठनमा सकस

काँग्रेसकाे नेतृत्वमा सरकार गठनका काेशिस गरिरहेका विपक्षीलाई नयाँ सरकार गठनमा सकस भएकाे छ ।

गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चाका दल नेता कृष्ण थापा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने पक्षमा सहमत नहुँदा विपक्षी सकस भएकाे हाे ।

जनमाेर्चाले समर्थन नगर्दा सम्म गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना छैन ।

प्रदेशमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरूङले गत २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पाैडेलले बहुमतकाे सरकार गठनका लागि बुधबारसम्मकाे समय ताेकेर अाव्हान गर्नुभएकाे छ ।

नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका सांसदले हस्ताक्षर गरेर नयाँ सरकार गठनका लागि दावी गर्ने जनमाेर्चाकाे साथ खाेजेकाे थियाे ।

राष्ट्रिय जनमाेर्चाले विपक्षी गठबन्धनलाई सहयाेग गर्ने नीति लिए पनि दलका नेता समेत रहनुभएका थापाले काँग्रेसकाे नेृतत्वमा सरकार बनाउन अस्वीकार गर्नुभएकाे हाे ।

जनमोर्चाका ३ सांसदमध्ये खिमबिक्रम शाही र पियारी थापाले भने नेपालीलाई मुख्यमन्त्री बनाउने दाबी पत्रमा हस्ताक्षर गरेपनि थापाकाे हस्ताक्षर नहुँदा विपक्षी गठबन्धन बिलखवन्दमा परेकाे छ ।

Facebook Comments