थप ९ हजार ४ सय ८३ मा संक्रमण

नेपालमा थप ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ भने पछिल्लाे २४ घण्टामा थप २२५ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २ सय २५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो। 

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ भने कूल ४ लाख १३ हजार १११ मा संक्रमण पुष्टी भएकाे छ ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको नमुना परीक्षण गरिएको हो ।

यसैवीच साेमबार ५ हजार २ सय २५ जना निको भएर घर फर्किएका छन् । कूल ३ लाख १२ हजार १९ जना निकाे भएकाे छ । हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। 

Facebook Comments