गण्डकीकाे मुख्यमन्त्रीमा बहुमत सांसदकाे हस्ताक्षर सहित कांग्रेसका कृष्णचन्द्र नेपालीकाे दावी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी गर्नुभएकाे छ ।

प्रदेश प्रमुखले संविधानकाे धारा १६८काे उपधारा ५ बमाेजिम सरकार गठनका लागि आह्वान गरेकाे ३ घण्टामै विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्रीकाे दावी पेश गर्न पुगेका थिए ।

पाेखरेललाई नियुक्तिकाे माग गर्दै ३१ जना सांसदहरू प्रदेश प्रमुख सीताकुमारी पौडेलकाे निवासमा पुगेका थिए ।

प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता भइसकेकाे छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरी ३१ जना सांसद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुपर्नेमा पक्षमा रहेका छन्।

Facebook Comments