कोपा अमेरिका २०२१ को उपाधि अर्जेन्टिनालाई
अर्जेन्टिनाले २८ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान भएको कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेकाे हाे ।
सन् १९९३ पछि अर्जेन्टिनाकाे याे महत्वपूर्ण उपाधि हाे । उपाधिका लागि एन्जल डि मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेकाे गाेल नै निर्णायक गाेल बन्न पुग्याे ।
डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम भने उपाधि हाेडबाटै बाहिरिनुपर्दा स्तब्ध बनेको थियो।
Facebook Comments

