माओवादी केन्द्र वैध नै रहेको निर्वाचन आयोगकाे स्पष्टाेक्ति
निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक नै रहेको स्पष्ट पारेकाे छ ।
प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले नेकपा (माओवादी केन्द्र)काे वैधानिकतामाथि प्रश्न उठाउँदै परेकाे निवेदन नै खारेजीकाे निर्णय गरेको हो ।
बैठकको निर्णयबारे आयाेगका प्रवक्ता राजकुमार श्रेष्ठले माओवादी केन्द्र वैधानिक रहेको ठहर गरिएको जानकारी दिनुभयाे ।
नेकपा (माओवादी केन्द्र) अवैधानकि छ भनेर निवेदन परेको सम्बन्धमा नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली र कानुनका सर्तअनुसार आयोगमा दर्ता भइ निरन्तर रुपमा सञ्चालनमा रहेको आधिकारिक रुपमा देखिएको निष्कर्ष आयोगकाे छ ।
माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र प्रभु साहलगायत नेताहरुले अधिवक्ता सरोज बुढाथोकी मार्फत लामो अवधिसम्म महाधिवेशन नै नगरेको भन्दै माओवादी केन्द्र खारेजीकाे माग सहित आयोगमा निवेदन दिएका थिए ।

