राजनीति मुद्दा मामिलातर्फ, जसपा विवाद सर्वाेच्चमा
नेपालका राजनीतिक दलहरूले सुझबुझपूर्ण निर्णय लिन नसक्दा प्रायः मुख्य दलमा विवाद छताछुल्ल अवस्थामा पुगेकाे छ ।
विवादका कारण एमाले विभाजन हुने हाे कि भन्ने अवस्थामा पुगेकाे छ भने जनता समाजवादी पाटी (जसपा) लगभग विभाजन भएकाे छ ।
जसपा भित्रको विवादले उग्र रूप लिएसँगै साे दल नै खारेजी गर्न भन्दै सर्वाेच्चमा रिट परेकाे छ ।
जसपाको विवाद निर्वाचन आयाेगमा विचाराधीन हुँदै गर्दा सर्वाेच्च अदालतमा भने राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीवीचकाे एकीकरण खारेजीकाे माग सहित रिट दर्ता भएकाे हाे ।
एमालेकाे विवाद पनि निर्वाचन आयाेगमा सर्वाेच्च अदालतमा पुगेकाे छ भने माओवादी केन्द्रकाे वैधता सम्बन्धि विवाद निर्वाचन आयोगले टुंग्याएकाे छ ।
Facebook Comments

