एमाले कार्यदलमा छलफल जारी, स्थायी समिति बैठक स्थगित

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू सहभागी नहुने भएपछि आइतबार दिउँसो ४ बजेका लागि बाेलाइएकाे एमाले स्थायी समिति बैठक स्थगित भएकाे छ ।

कार्यदलमा रहेका नेताहरूले सहमति भइसकेकाे बताउने गरेकाे तेस्राे दिन पनि अझै कार्यदलकाे बैठक बसिरहेकाे छ । शनिबार साँझ आइतबार विहान ८ बजेसम्म सुखद समाचार सुन्न पाउने बताएका नेताहरू घण्टाैदेखि सिहंदरबारमा वार्ता गरिरहेका छन् ।

एकताका लागि अधिकतम लचकता अपनाउने भनेर स्थायी कमिटी बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयाे ।

Facebook Comments