गण्डकी विनाविभागीय मन्त्रीद्वारा मन्त्रालयको जिम्मेवारी ग्रहण

गण्डकी प्रदेश सरकारका दुई जना विना विभागीय मन्त्रीहरुले आइतबारदेखि मन्त्रालयकाे कार्यभार सम्हालेका छन् ।

जसपाका मन्त्री बन्नुभएका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले यसअघिकाे दावी छाड्दै ऊर्जा तथा मनाङेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएकाे हाे ।

गठबन्धनमा रहेका दलहरूवीच मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसक्दा १ महिना वित्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेकाे छैन ।

यसअघि आचार्यले अर्थ मन्त्रालय र मनाङेले भाैतिक पूर्वाधार मन्त्रालयमा दाबी गर्दै आएका थिए । यसअघि कांग्रेसबाट कुमार खड्काले सामाजिक विकास तथा मधुमाया अधिकारीले स्वास्थ्यको जिम्मा पाइसकेका छन् ।

बजेटमाथिको छलफलपछि सरकार विस्तार गर्ने याेजनामा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल रहेकाे बुझिएकाे छ ।

Facebook Comments