कास्कीकाे घान्द्रुकमा जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु
कास्की जिल्लाकाे पर्यटकीय गाउँ घान्द्रुकमा आज जिप दुर्घटना हुँदा घटनास्थलमै ८ जनाको मृत्यु भएको छ । १ जना भीरमा अड्किएर बाँचेका प्रह रीले जनाएकाे छ ।
ग १ ज ६९०० नम्बरको जिप मोदी खोलामा खसेकाे बताइएकाे छ । दुर्घटना भएको उक्त जिप कास्कीकै नयाँपुलबाट घान्द्रुकका लागि छुटेको थियो ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएकाे जानकारी अनुसार जिप चालक कास्की अन्नपुर्ण गा.पा.५ नयाँपुल बस्ने वर्ष ४२ को खुसीमान क्षेत्री तथा जिपमा सवार जि.काठमाण्डौ का.म.न.पा.३ गंगबु घर भई पोखरा घुम्न आएको वर्ष १८ को जिनलव घिसिङ, साेही ठाउँका वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी , बस्ने वर्ष २० को सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र गोरखा घर भई हाल जि.काठमाण्डौ काठमाण्डौ म.न.पा.३ गंगबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् ।
एक जना काठमाण्डौ म.न.पा.३ गंगबु बस्ने वर्ष २० की देबिका घिसिङ बाँया हात र नाकमा सामान्य चोट उपचार गर्न अस्पताल जान नपर्ने अवस्था सामान्य रहेकाकाे उद्धार गरिएकाे छ ।
मृतक सबैकाे शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ ।

