काँग्रेसका कृष्णचन्द्र पाेखरेलद्वारा मुख्यमन्त्रीमा दावी

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद एवं दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गर्नुभएकाे छ ।

बुधबार प्रदेश प्रमुख सीता पौडेललाई पत्र लेखी उनले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गर्दै मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि दावी पेश गर्नुभएकाे हाे ।

पोखराको शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादी केन्द्रका दलका नेता हरिबहादुर चुमान, जसपाकी धनमाया लामालगायतका सांसदको उपस्थितिमा पत्र बुझाइएको छ ।

जनमाेर्चाका सांसदवीचकाे विवादका कारण सांसदहरूकाे हस्ताक्षर भने बुझाइएकाे छैन ।

Facebook Comments