जनमाेर्चाका २ सांसदकाे विज्ञप्तिः गठबन्धन सरकार बनाउन समर्थन छैन
राष्ट्रिय जनमोर्चा पार्टीका सांसदद्वय कृष्णबहादुर थापा र अर्का सांसद खिमविक्रम शाहीले गठबन्धन सरकार बनाउनकाे लागि समर्थन नरहेको र तटस्थ रहने बताएका छन् ।
शाहीले बुधबार विज्ञप्ति जारी गर्दै गबन्धनलाई समर्थन नरहेको र आफू तटस्थ रहेको जानकारी दिनुभएकाे हाे ।
त्यस्तै जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले पनि गठबन्धलाई आफ्नो समर्थन नरहेकाे जानकारी गराउनुभएकाे थियाे । जनमाेर्चाले भने थापाले पार्टीकाे निर्देशन नमानेकाे भन्दै कार्वाही गरिसकेकाे छ ।
Facebook Comments

