गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नै पुनः मुख्यमन्त्री

गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङलाई नै पुनः मुख्यमन्त्री नियुक्त गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

२६ वैशाखमा पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिनुभएकाे थियाे । उक्त समयभित्र काँग्रेस, माअाेवादी र जसपा र जनमाेर्चाकाे तर्फबाट काँग्रेस प्रदेश सभा संसदीय दलका नेता कृ्ष्णचन्द्र नेपालीले मुख्यमन्त्रीमा दावी गर्नुभएकाे थियाे । तर जनमाेर्चाका २ सांसदले साथ नदिएका कारण मुख्यमन्त्रीमा पाेखरेलकाे दावी कमजाेर बनेकाे हाे ।

 नेपालको संविधानको धारा १६८ (२) अनुसार ३ दिनभित्र बहुमत दाबी गर्न बहुमत ३१ सांसदको हस्ताक्षर सहित दावप् पेश हुन नसकेपछि पुनः साेही धाराकाे उपधारा ३ अनुसार ठूलो दलको हैसियतले एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरिएकाे हाे ।

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले काँग्रेस सहितकाे गठबन्धनमा सहभागी नहुने र तटस्थ रहने बताएका हुन् ।

मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले केही बेरमा शपथ ग्रहण गर्ने तयारी भएकाे प्रदेश प्रमुखकाे कार्यालयले जनाएकाे छ । यद्यपि गुरूङले पनि १ महिनाभित्र विश्वासकाे मत लिनुपर्नु हुन्छ । प्रदेशसभामा बहुमत सिद्ध गर्न असफल भएमा संवैधानिक प्रक्रिया पुराँ हुँदै प्रदेस सभा विघटन र निर्वाचन सम्म पुग्नेछ ।

Facebook Comments