गण्डकी प्रदेशका ३१ सांसद प्रदेश प्रमुखकाे निवास अगाडि धर्नामा

गण्डकी प्रदेशका ३१ जना सांसदहरू प्रदेश प्रमुख सीता पौडेलको निवासअगाडि धर्नामा बसेका छन् ।

विपक्षी गठबन्धनका प्रदेश प्रमुख पौडलले सरकार गठनको समय सकिए पनि मुख्यमन्त्री नियुक्त नगरेपछि विपक्षी गठबन्धका सांसदहरू प्रदेश प्रमुखकाे निवास अगाडि धर्नामा बसेका हुन् ।

प्रदेश प्रमुख पौडेलले २४ घन्टा समय दिएर शुक्रबार संविधानको १६८ (५) अनुसार सरकार गठनको आह्वान गर्नुभएकाे थियाे ।

साे अनुसार ३ः०० बजेसम्म सरकार गठनकाे दावी पेश गर्नुपर्ने थियाे ।

त्यसलगत्तै प्रदेश प्रमुखसमक्ष प्रदेश प्रमुख विपक्षी गठबन्धनले संविधानको धारा १६८ (५) अनुसार शुक्रबार नै मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई प्रस्ताव गरेको थियो ।

मुख्यमन्त्रीमा पृथ्बीसुब्बा गुरूङले पनि जसपा र राजमाेकाे पत्र सहित मुख्यमन्त्रीमा शनिबार ३ बज्नु अगाडि दावी गर्नुभएकाे स्राेतले बताएकाे छ ।

केन्द्रमा जसरी नै गण्डकी प्रदेश सभा पनि विघटन तर्फ लैजान खाेजिएकाे शंका गरिएकाे छ ।

Facebook Comments