गण्डकीकाे मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएकाे छ ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

त्यसको केही समयमै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियूक्त गर्नुभएकाे हाे ।

स्राेतका अनुसार केहीबेरमा शपथ ग्रहणको तयारी समेत गरिएको छ । पोखरेललाई माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङको समर्थन छ ।  

यसअघि मुख्यमन्त्रीमा एमाले गण्डकी प्रदेश सभा संसदीय दलका नेता पृथ्बीसुब्बा गुरूङले पनि दावी गर्नुभएकाे थियाे ।

उहाँले प्रदेश प्रमुखलाई कानुनसम्मत निर्णय लिन भनेकाे बताइएकाे छ । जसरी पनि सत्तामा रहनुपर्छ भन्ने साेच नरहेकाे गुरूङले जानकारी गराएकाे बताइएकाे छ ।

Facebook Comments